ज्योति विकास बैंकको सञ्चालक समितिको बिहीबार बसेको बैठकले श्रीचन्द्र भट्टलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भट्टले साउन ७ देखि आफ्नो ४ वर्षीय कार्यभार समाल्नेछन्।
नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका भट्टको बैंक , बीमा र रेमिट गरी आर्थिक क्षेत्रमा २ दशक भन्दा बढीको अनुभव रहेको छ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भट्टले नेपाल इन्भेष्टमेन्ट बैंकमा सहायक महाप्रबन्धक, मेघा बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत र आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यभार सम्हालेका थिए। भट्टको विभिन्न क्षेत्रमा उच्चस्तरिय र सशक्त अनुभव रहेको छ।
हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ५८ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।
हालसम्म बैंकले ३ लाख भन्दा बढी खाताबाट करिब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई करिब ३० अर्व लगानी गर्न सफल भएको छ।