नबिल बैंकले हुवावे टेक्नाेलाेजीज् सँग बुधबार एक कार्याक्रमकाबीच रणनैतिक साझेदारीको समझदारी पत्रमा हस्ताक्षर गरेको छ।
उक्त समझदारी पत्रमा नबिलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र हुवावे टेक्नाेलाेजीज् नेपालकातर्फबाट प्रमुख कार्यकारी अधिकृत डेङ चुगेनले हस्ताक्षर गरे।
यस अवसरमा नविल बैंकका प्रमुख कार्याकारी अधिकृत अनिल केशरी शाहले हुवावे जस्तो विश्वविख्यात सूचना प्रविधि सेवा प्रदायक कम्पनीसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे।
यो रणनैतिक महत्वको सहकार्यले नबिल बैंकको ग्राहक केन्द्रित लिडिङ डिजिटल बैंक बन्ने अठोटलाई सशक्त रुपमा कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
हुवावे टेक्नाेलाेजीज् ले नेपाली ग्राहकवर्गलाई अतुलनीय सेवा अनुभवहरु सिर्जना गर्दै जाने अठोट व्यक्त गर्यो।
कार्यक्रमा बोल्दै हुवावे टेक्नाेलाेजीज् नेपालका प्रतिनिधिले हुवावेकै क्लाउड प्रविधि, आर्टिफशियल इन्टेलिजेन्स तथा मशीन लर्निङ प्रविधि, क्लाउडमा आधारित भिडियो कन्फरेन्सिङ प्रणाली, वाइफाइ–६ लगायतका सूचना प्रविधिको उच्चतम प्रयोगबाट नबिल बैंकले प्रविधिमा आधारित परिवर्तनको प्रकृयालाई आन्तरिक संचालन दक्षता अझ तीव्र बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
सोही कार्यत्रममार्फत हुवावेका प्रतिनीधिले हुवावे हाल विश्वका ५०० उत्कृष्ठ कम्पनीहरु मध्ये २२८ तथा उत्कृष्ठ १०० मध्ये ५८ कम्पनीहरुको प्रविधिमा आधारित परिवतर्नका प्रकृयामा विश्वसनीय सहयात्रीको भूमिका निर्वाह गरिरहेकाे बताए।
हाल विश्वभरी १६०० भन्दा बढी वित्तीय संस्थाहरु हुवावेका ग्राहक छन्। जसमध्ये उत्कृष्ठ ४५ संस्थाहरु सर्वोत्कृष्ठ १०० मा पर्ने बताइएको छ।
नबिल बैंकले ३६ वर्षदेखि नेपाली ग्राहकलाई निरन्तर बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, डेविट/क्रेडिट कार्ड र मर्चेन्ट सेवा, विद्युतीय भुक्तानी सेवाहरु दिदैं आएको छ।
साथै अटोमेटेड टेलर मेशिन चौबिसै घण्टा सञ्चालित ग्राहक सेवा केन्द्र, विद्युतीय विप्रेषणा लगायतका आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको बैंकको भनाइ छ।