लक्ष्मी बैंकले दोहा बैंक दुबईबाट ३ वर्षका लागि २० मिलियन अमेरिकी डलर बराबरको वैदेशिक मुद्रामा ऋण प्राप्त गरेको छ।
यसै वर्षको वैखाश १५ गते लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा दोहा बैंकको नेपालस्थित कन्ट्री हेड सुरज विक्रम शाहीको उपस्थितिमा सो सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।
नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि उक्त ऋण रकम प्राप्त भएको हो। त्यस रकमबाट प्राथमिकता प्राप्त क्षेत्रमा ऋण प्रवाह गर्न बैंकले थप स्रोत पाएको बताएको छ।