ग्लोबल आइएमई बैंकले कोरोना भाईरस (कोभिड –१९) विरुद्धको अभियानमा प्रदेश नं. ५ सरकारलाई नगद २५ लाख रुपैयाँ सहयोग गरेको छ।
बुधबार एक कार्यक्रमकाबीच बैंकको प्रदेश नं. ५ का नायव प्रदेश प्रमुख दिलिप डाँगीले प्रदेश नं. ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेललाई उक्त रकमको चेक प्रदान गरेका हुन्।
उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले कोरोना भाईरस ९कोभिड –१९० विरुद्धको अभियानमा बैंकले गरेको यस सहयोग महत्वपूर्ण रहने उल्लेख गर्दै बैंकलाई धन्यवाद दिए।
कोभिड – १९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली पनि उच्च जोखिममा रहेको यस घडीमा सो सहयोगले यो भाईरसविरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ।