सरकारले लकडाउनले प्रभावित पर्यटन व्यवसायीलाई ५ प्रतिशत व्याजमा ऋण प्रदान गर्ने भएको छ।
आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री खतिवडाले यस्तो घोषणा गरेका हुन्। यसका लागि सरकारले ५० अर्ब रुपैयाँको छुट्टै कोष खडा गर्ने भएको छ।
नेपाल राष्ट्र बैंकबाट यो कोष संचालित हुने खतिवडाले बताए।
यो कोषबाट रकम लिएर पर्यटन व्यवसायीले आफ्ना कर्मचारीको तलव व्यवस्थापन तथा व्यवसाय विस्तारमा प्रयोग गर्न सक्नेछन्।