बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५औँ वर्ष पूरा गरेको छ।
सोही अवसरमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख अतिथिका रुपमा उपस्थित नेपाल राष्ट्र बैंकका गर्भनर चिरन्जिवीले वार्षिकोत्सव कार्यक्रमको उद्धघाटन गरे।
बैंकका सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गर्दै समारोहमा उपस्थित सम्पूर्णलाई धन्यवाद दिए।
बैंकका सबै प्रादेशिक कार्यालयहरुमा प्रभातफेरी तथा विभिन्न संघ संस्थाहरुलाई सहयोग, नेपाल रेडक्रससंगको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको बैंकले बताएको छ।
बैंकले कृषि क्षेत्रलाई प्राथमिकतामा राखी उत्पादकत्व र रोजगारी सृर्जना गराउने उद्देश्यलाई टेवा प्रदान गर्न ‘बीओके कृषि कर्जा’ सम्बन्धी कर्जा योजना सार्वजनिक गरेको छ।
बैंकले ‘सहज बचत खाता’ नामक नयाँ बचत खाता पनि सार्वजनिक गरेको छ। विभिन्न सुविधा सहित रु २५ को न्यूनतम मौज्दातमै ‘सहज बचत खाता’ खोल्न सकिने जानकारी बैंकले गराएको छ।
बैंक अफ काठमाण्डूको हाल १० एक्टेन्सन काउन्टर सहित देशभर ८७ शाखा र ७८ एटीएम रहेका छन्।