सिटिजन्स बैंक र म्याक्स मनि ट्रान्सफर बीच मलेसियालगायत अन्य मुलुकबाट पठाएको रकम नेपालमा रहेका व्यक्तिहरूलाई भुक्तानी दिने सम्झौता भएको छ।
यस सम्झौता बमोजिम अब म्याक्स मनि ट्रान्सफर मार्फत विदेशबाट नेपालमा पठाएको विपे्रषण रकम बैंकको नेपालभर रहेको ८९ वटा शाखाहरुबाट सहजरुपमा भुक्तानी पाउन सकिने छ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।
बैंकले देशभरि फैलिएका ८९ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा प्रदानगर्दै आएको छ।