नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन प्रोग्राम’सम्पन्न गरेको छ। आफ्ना अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्ने तथा उत्प्रेरणा जगाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको थियो।
उक्त भब्य कार्यक्रम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक झाले पानसमा बत्ती बालेर उद्घाटन गरे।
कार्यक्रममा १ हजार ५ सयभन्दा बढी अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।