सिभिल बैंकले बाराको कलैयामा पनि शाखा सञ्चालनमा ल्याएको छ।
बिहीबार एक कार्यक्रममा बैंकका संचालक समितिका सदस्य युगेश बहादुर मल्ल तथा कलैया उप–महानगरपालिकाका मेयर राजेश राय यादवले संयुक्त रुपमा शाखाको उद्घाटन गरे।
बैंकले हालसम्म नेपालभर १ सय ८ शाखा विस्तार गरेको छ।