हिमालयन बैंकको साधारणसभा सम्पन्न भएको छ। बैंक संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार ४ सय २८ पुग्ने बैंकले जानकारी दिएको छ।
बैंकले आ.व. २०७५/७६ अन्त्यसम्म १ खर्ब १३ अर्ब ९ करोड निक्षेप संकलन ९८ अर्ब २० करोड ६३ लाख कर्जा प्रवाह गरेको थियो।
बैंकको संचालक समितिमा संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने ५ जना संचालक पदमा प्रचण्ड बहादुर श्रेष्ठ, फैजल एन ललानी, तुलसी प्रसाद गौतम, सुनिल बहादुर थापा र आशिष शर्मा निर्बिरोध निर्वाचित भएका छन्।
।