हिमालयन बैंकको २७ औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको २२ प्रतिशत लाभांशलाई पारित गरेको छ।
बैंकको बुधबार काठमाडौंमा बसेको वार्षिक साधारण सभाले १० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको हो।
लाभांश पारित भएसँगै बैंकको चुक्ता पूँजी ९ अर्ब ३७ करोड रुपैयाँ नाघेको छ। साधारणसभाले संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा पाँच जनालाई निर्विरोध निर्वाचित गरेको छ।
आगामी कार्याकालका साधारण सभाले सञ्चालक समितिमा आशिष शर्मा, प्रचण्डबहादुर श्रेष्ठ, सुनिलबहादुर थापा, फैसल लालानी र तुलसीप्रसाद गौतमलाई संस्थापक सञ्चालकमा निर्विरोध चयन गरेको हो।
जसमध्ये लालानी पाकिस्तानको हबिव बैंक र गौतम कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चालक बनेका छन्।
त्यस्तै बैंकले अधिकृत पूँजी पनि १० अर्ब रुपैयाँबाट वृद्धि गरी १२ अर्ब रुपैयाँ कायम गर्ने विशेष प्रस्तावलाई समेत पारित गरेको छ।