सिटिजन्स बैंकले ‘सिटिजन्स कोसेली निक्षेप योजना’ खाता संचालनमा ल्याएको छ।
यस निक्षेप योजनाअन्तर्गत उक्त बैंकका व्यक्तिगत ग्राहकले मुद्दतीमा राखेको रकम ७ वर्ष ६ महिना (९० महिना)पछि साँवा तथा व्याज बापत एक मुष्ट रुपमा दोब्बर हुनेगरी रकम फिर्ता पाउने छन्।
यस निक्षेप योजनाबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ।
सिटिजन्स बैंकको आफ्ना ८९ वटा शाखा ८९ वटा एटिएम र १०३ वटा शाखारहित बैंकिङ इकाइ रहेका छन्।