ज्योति लाईफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोश्रो त्रयमासको वित्तीय विवरण प्रकाशन गरेको छ।
उक्त वित्तीय विवरणअनुसार अघिल्लो आवको सोही अवधिको तुलनामा यस आवको दोश्रोत्रयमासमा कुल बीमा शूल्कमा १३६ प्रतिशतले वृद्धी भएर ७५.१४ करोड आर्जन गरेको छ।
जुन दिर्घकालिन तथा अल्पकालिन लगानीमा क्रमशः २७ प्रतिशत र २७९ ले वृद्धी गरेको ज्योती लाइफले बताएको छ।
व्यवस्थापन खर्चमा भएको ४७ प्रतिशतको वृद्धीको बाबजुद कम्पनीले आय व्ययको सन्तुलन मिलाउँदै खुद नाफामा ७ प्रतिशतले सुधार गर्दै ६.८९ करोड नाफा गरेको छ।
व्यवसाय तथा लगानी वृद्धी, संचालन खर्चमा सन्तुलन लगायतको कारणले कम्पनीले दोश्रोत्रयमासमा जगेडा कोषमा समेत ९५ प्रतिशतले वृद्धी गरी ३३.४६ करोड कायम भएको ज्योतीलाइफले बताएको छ।
जिवन बीमा कोषमा २६७ प्रतिशतले वृद्धी भई १.२१ अर्ब रहेको देखिन्छ।
ज्योति लाइफ इन्स्योरेन्सले आफू नयाँनयाँ योजनाका साथ अगाडि बढिरहेको बताउँदै आएको छ।
उक्त इन्स्योरेन्सले ३५ वटा घातक रोगविरुद्ध ५० लाख रुपैयाँसम्मको उपचार सुविधासहितका नयाँ बीमा योजनाहरु जारी गरिरहेको छ।
यससँगै ग्राहक सेवामा प्राथमिकता, अनलाइन तथा मोबाइलबाट नै बीमा नवीकरण शूल्क तिर्ने व्यवस्था लगायत प्रविधिहरु संचालनमा ल्याएको छ।
बीमितले पाउने बोनसदर पनि उच्च रहेको ज्योति लाइफको दाबी छ।