‘जीवन बीमक संघ नेपाल’ नामक संस्थाको स्थापना भएको छ।
यस संघको उद्देश्य जीवन बीमा व्यवसाय तथा सोको विकाससंग सम्बन्धित नीति नियमहरुको तर्जुमा गर्ने, कार्यान्वयन गर्ने कार्यमा नियामक निकाय लगायत नेपाल सरकारका अन्य निकायहरुलाई जीवन बीमासंग सम्बन्धित आवश्यक सरसल्लाह एवं सुझाव उपलब्ध गराउनु हो।
साथै नेपाल राज्यमा नियामक निकायबाट इजाजत लिई संचालित जीवन बीमा कम्पनीहरुबीच आपसी समझदारी, सौहाद्र्ध वातावरण कायम गरी व्यवसायको संरक्षण तथा विकास गर्न आवश्यक कार्यक्रमहरु संचालन गर्ने रहेको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको सदस्यता लिई नेपालको जीवन बीमा व्यवसायको विकासमा सहयोग पुर्याउने, जीवन बीमा व्यवसायसंग सम्बन्धित वुलेटिन, न्यूजलेटर आदि प्रकाशन गर्ने/गराउने, अन्तर्राष्ट्रिय बीमा संघ र सामाजिक संघ संस्थाहरुको आवश्यकताअनुसार सदस्यता ग्रहण गर्ने, जीवन बीमा व्यवसायलाई देश विकाशको मेरुदण्डको रुपमा विकास गर्न अन्य आवश्यक कार्यहरु गर्नेलगायतका काम उक्त सस्थाले गर्छ।
यस संघको कार्य समितिका पदाधिकारीहरुमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतमा शिवनाथ पाण्डे, अध्यक्षमा मेट लाइफ, अमेरिकन लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकतमा निर्मलकाजी श्रेष्ठ, उपाध्यक्षमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल रहेका छन्।
त्यसैगरी, सचिवमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, कोषाध्यक्ष तथा सदस्यहरुमा राष्ट्रिय बीमा संस्थानका प्रमुख कार्यकारी अधिकृत कविप्रसाद पाठक, युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिका प्रमुख कार्यकारी अधिकृत मनोज कुमारलाल कर्ण रहेका छन्।
साथै रिलायवल नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र ज्योती लाइफ इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री रहेका छन्।