एनआइसी एसिया बैंकले सशस्त्र प्रहरीको १९औं स्थापना दिवसको अवसरमा नेपाल एपीएफ क्लबका १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता २०७६’ मा सहभागी विजेता खेलाडीलाई ९ लाख ५ हजार रकम प्रदान गरेको छ।
उक्त सहयोग स्वरुपको चेक एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले एपीएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी उपरीक्षक तुलसीराम दाहाललाई हस्तान्तरण गरे।
उक्त कार्यक्रम बिहीबार सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रमुख आतिथ्यता भएको थियो।
एनआइसी एसिया बैंकको देशभरी ३१३ शाखा कार्यालयहरु, ४३० एटिएम, १०४ वटा एक्सटेन्सन काउण्टर एवं ४७ वटा शाखारहित बैंकिङ सेवा रहेको छ।