माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवा दिने अनुमति पाएको छ।
उक्त अनुमतिपछि बैंकले पूर्ण स्वामित्व रहेको सहायक कम्पनी माछापुच्छ्रे क्यापिटल लिमिटेड पनि मर्चेन्ट व्यवसायमा प्रवेश गरेको छ।
चुक्ता पूँजी २० करोड रहेको बैंकले उक्त सेवाहरु प्रदान गर्नका लागि सम्पुर्ण तयारी गरिसकेको बताएको छ। निकट भविष्यमा सेवा सुचारु गर्ने क्यापिटलका अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिए।