बुधबार शेयर सूचक घटेको छ। आज ७.०५ अंकले घटेर १३१३.४२ अंकमा पुगेको छ। यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक २.१३ अंकले घटेर २८२.३० अंकमा पुगेको छ।
१७८ कम्पनीको शेयर कारोबार भएको आज जम्मा ४९ लाख १४ हजार कित्ता किनबेच हुदाँ १ अर्ब ५८ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भयो।
शेयर सूचकसँगै जीवन बिमा बाहेका सबै उपसूचक पनि घटेका छन्।
आज सबैभन्दा बढी होटल समूहको २३.६७, निर्जीवन बीमा २३.०५ तथा उत्पादन उपसूचकको शेयर २३५८ अंकले घटेको छ। तर जीवन बीमाको शेयर भने १६२.७४ अंकले बढ्यो।
बुधबार एकै दिनमा ग्लोबल आइएमई बैंकको ६१ करोड १२ लाख २८ हजार भन्दा बढीको कारोबार भएको छ। त्यस्तै, नेपाल बैंक तथा सुर्य नेपाल लाइफ इन्सुरेन्स कम्पनीको शेयर कारोबार पनि उच्च देखिएको छ।