ग्लोवल आइएमई बैंकले यस साता २ नयाँ एक्सटेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ।
बैंकले मंगलबारदेखि सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नं १२, खनार र शुक्रबारदेखि नवलपरासी बर्दघाट सुस्ता–पश्चिमको सरावल गाँउपालिका, सरावलमा एक्सटेन्सन काउन्टर सुरु गरेको हो।
ग्लोवल आइएमई बैंकको २६६ शाखा, २५५ एटिएम, ३६ एक्सटेन्सन काउन्टर राजश्व संकलन काउन्टर र २४९ शाखारहित बैंकिङ्ग सेवा दिदैं आएको छ।