गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
मंगलबार सम्पन्न साधारसभामा आव २०७५/०७६ को नाफाबाट ६.५ प्रतिशत नगद लाभांश (लाभांश कर समेत) प्रदान गर्नेगरी पारित गरिएको छ।
संचालक समितिमा नियुक्त स्वतन्त्र संचालक किर्तिनाथ मास्के साधारण सभाबाट अनुमोदन भएअनुसार अध्यक्ष श्रीमान श्रेष्ठ, संचालकसरोजनी श्रेष्ठ, संचालक डा.रेश्मी श्रेष्ठ, संचालक राजेश मानन्धर र संचालक किर्तिनाथ मास्के समेत पाँच जनाको संचालक समिति रहेको छ।
संस्थाको चुक्ता पूँजी ८० करोड रहेकोमा हालसम्ममा निक्षेप रकम ४ अर्व २३ करोड तथा कर्जा ३ अर्व ४८ करोड रहेको जारी प्रेस विज्ञप्तीमा उल्लेख छ।
उक्त संस्थाको हालसम्म १६ वटा शाखा कार्यालय र १ वटा एक्टेन्सन काउण्टर रहेकोमा थप शाखा कार्यालय छन्।