नेपाल राष्ट्र बैंकले ५, १० र पाँच सयको नयाँ नोट छपाइ प्रस्ताव आह्वान गरेको छ। बैंकले ५ रुपैयाँको ३० करोड थान, १० रुपैयाँको ३४ करोड थान तथा ५ सयको १९ करोड थान नयाँ नोट छपाइ गर्न लागेको हो।
नयाँ नोटको डिजाइन छपाइ र आपूर्तिका लागि वदेशी कम्पनीहरुसँग पूर्व योग्याता छनौट प्राकृया अघि बढाएको बैंकले जानकारी दियो।
पूर्व योग्यता छनौटका लागि २० हजारको भौचर सहित राष्ट्र बैंकमा निवेदन दिन आह्वान गरिएको छ।
जसमा छनौट हुनेले मात्र ग्लोबल टेन्डरमा भाग लिन पाउने बैंकले जनाएको छ।