सिद्धार्थ बैंकको दुई नँया शाखा संचालनमा आएको छ।
सोमबार गोरखा बजारमा र उदयपुरको कटारीमा नयाँ शाखा सञ्चालनमा आएको हो।
उक्त शाखा विस्तारपछि बैंकको कुल शाखा सञ्जाल संख्या १८० (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ।
बैंकले १०१ शाखारहित बैंकिङ सेवा, १९९ एटिएम र १,६०० भन्दा बढी पिओएस मेसिनबाट सेवा दिदैं आएको छ।