सनराइज बैंकले जारी गरेको सात वर्ष अवधि रहेको ३ अर्ब रकम बराबरको ऋणपत्र पूर्ण रुपमा बिक्री भएको छ।
कात्तिक २० गते निष्कासन गरिएको उक्त ऋणपत्र छिटोमा कात्तिक २४ र ढिलोमा मंसिर १९ सम्म खुल्ला रहेको थियो। १०.२५ प्रतिशत व्याज प्रदान गरिने उक्त ऋणपत्र पूर्ण बिक्री भएको बैंकले जनाएको छ।
सर्वसाधारण निष्कासनको तर्फबाट ४५ करोड ३८ लाख २९ हजार रुपैयाँ बराबरको ४ लाख ५३ हजार ८२९ कित्ता र परिपत्र विधिको तर्पmबाट २ अर्ब ५४ करोड ६१ लाख ७१ हजार रुपैयाँ बराबरको २५ लाख ४६ हजार १७१ कित्ता ऋणपत्र बिक्री भएको बैंकले जनाएको छ। ऋणपत्रको बाँडफाँड मंसिर २७ गते गरिएको थियो।
अघिल्लो आर्थिक वर्षमा पनि बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र पूर्ण रुपमा बिक्री गर्न सफल भएको थियो। योसँगै नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार, बैंकहरुले आफ्नो प्राथमिक पुँजीको २५प्रतिशत ऋणपत्र निष्कासन गर्नुपर्ने व्यवस्था बैंकले पुरा गरेको छ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्य सहित यस बैकले १२७ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर, १४७ वटा एटिएम मार्फत आफ्ना ६ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ।