बुधबार बैंककमा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्सलाई अमेरिकाको इन्टरनेसनल ब्रान्ड कन्सल्टिङ कर्पोरोसन (आइबिसी)ले एसियाको ‘एशिया मोस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९’ अवार्डबाट सम्मान गरेको छ।
कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सम्मान लिएका थिए।
कम्पनीका अध्यक्ष हेमराज ढकालले सबैलाई धन्याव दिदैं सम्मानबाट थप हौसला प्राप्त भएको बताए।
उनले अगामि दिनमा नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे।
नेपाल भ्रमण वर्ष २०२०लाई सफल पार्न ढकालले नेपाल भ्रमणका लागि आग्रह समेत गरे।