साताको पहिलो दिन शेयर बजारमा ३.४५ अंकको सामान्य सुधार देखिएको छ। आज बजार ११३५.३७ अंकमा पुगेर रोकिएको हो। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक पनि १.७५ अंकले बढेर २५०.५२ अंकमा पुगेको छ।
१ सय ७१ कम्पनीको ९ लाख ८७ हजार कित्ता शेयर खरिद ब्रिकी हुदाँ बजारमा २८ करोड ७५ लाख २७ हजारको कारोबार भयो।
उपसुचकको कारोबार भने मिश्रीत देखिएको छ। बैंकिङ ०.४८, टे«डिङ ८.९७, होटल ८.९५, विकास बैंक ५.५९, माइक्रोफाइनान्स १७.०९ तथा अन्य उपसूचक १९.४७ अंकले बढ्दा बाँकी सबै सुचक ओरालो लागे।
सबैभन्दा बढी निर्जीवन बीमाको शेयर सुचक ३४.३ अंकले घट्यो भने जीवन बीमाको शेयर ११.६४ अंकले घटेको छ।
आज सबैभन्दा बढी नेपाल लाइफ इन्सुरेन्सको प्रमोटर शेयरको कारोबार भयो।
नेपाल लाइफको प्रमोटर शेयर २ करोड १३ लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार हुँदा मुक्तिनाथ विकास बैंकको शेयर १ करोड ७२ लाख रुपैयाँको कारोबार भयो। यस्तै, एनएमबी बैंक तथा नेपाल लाइफ इन्सुरेन्स कम्पनीको शेयर पनि एक करोड माथी कारोबार भयो।
दिनभरिको कारोबारमा सबैभन्दा बढी कञ्चन विकास बैंकका लगानीकर्ताले कमाए भने सबैभन्दा बढी नेस्नल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन्।