मंगलबार नेप्से कारोबार रकममा सुधार देखिएको छ। आज दिनभरिमा २६ करोड ६८ लाख रुपैयाँको कारोबार भयो। सोमबार २३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
कारोबार रकम बढेसँगै नेप्से परिसूचक ३.७५ अंकले बढेर १११५.७४ अंकमा पुगेर बन्द भएको छ।
मंगलबार १७२ कम्पनीको १० लाख १० हजार कित्ता शेयर खरिद विक्री भएको छ। अघिल्लो दिन २३ करोड बराबरको शेयर खरिदबिक्री भएको थियो।
आज जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.२७ प्रतिशत बढेको छ।
यस्तै, उत्पादन उपसमूहको १.०३, लघुवित्तको ०.९९, म्युचुअल फण्डको ०.८८, हाइड्रोपावरको ०.६६, निर्जीवन विमाको ०.५, होटलको ०.४ र बैंकिङ्गको ०.२२ प्रतिशत बढेको छ।
व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.९८ प्रतिशत घटेको छ। त्यसैगरी, अन्यको ०.४३, वित्तको ०.२३ र विकास बैंकको ०.०२ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा आज सिद्धार्थ बैंकको संस्थापक शेयरको कारोबार सबैभन्दा बढी देखिएको छ।
सिद्धार्थ बैंकको २ करोड ६० लाखभन्दा बढीको संस्थापक शेयर कारोबार भयो।
त्यस्तै, एनएमबी बैंक, नेपाल लाइफ इन्स्योरेन्स, एनआईसी एशिया बैंक र जनउत्थान समुदायिक लघुवित्तको कारोबार १ करोड भन्दा बढी भएको छ।