लोकप्रिय गायक रामकृष्ण ढकालको ‘नजिकआउनुमा’ टुबोर्ग ओपन सेसन्स २ मा सार्वजनिक भएको छ।
पछिल्लो सिजनको व्यापक सफलतापछि कलाकारहरुको प्रस्तुतिको साथमा टुबोर्ग ओपन सेसन्स सिजन २ शुरु भएको हो।
जसमा विभिन्न कलाकारहरुले स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको प्रस्तुतिहरु पेश गरिन्छ।
च्यानल आरबिट्ररीद्वारा २०१८ मा शुरु गरिएको टुबोर्ग ओपन सेसन्स एक युट्युब श्रृंखला हो।