ग्लोबल आइएमई बैंक र रुपाकोट रिर्सोट प्रालीबीच बैंकका ग्राहकलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाको छुटसम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको बजार तथा व्यवसाय प्रवद्धन विभाग प्रमुख शान्ता शिवाकोटी र रुपाकोट रिर्सोटका सेल्स म्यानेजर पियुस लामाले हस्ताक्षर गरे।
सम्झौतापछि रुपाकोट रिर्सोट, पोखरामा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्ड लिएका ग्राहकले रिर्सोटले उपलब्ध गराउने विभिन्न सेवामा १५ प्रतिशत सम्म छुट पाउने भएका छन्।
बैंकले १५३ वटा शाखा, ३१ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, १५१ एटिएम, १९५ शाखारहित बैंकिङ सेवाबाट सेवा दिदैं आएको छ।