सनराइज बैंकले नवलपरासीको परासीमा १२५ औं शाखा संचालनमा ल्याएको छ। रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ता र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूपमा शाखा उद्घाटन गरेका हुन।
कार्यक्रममा पौड्यालले सर्वसाधारणलाई बचत गर्न अनुरोध गदै उक्त बचतलाई बैंकमार्फत लगानी गर्न प्रोत्साहन गरेका छन्।
यस्तै बैंकको सुरूंगा शाखाको समेत स्थानान्तरण गरिएको छ।
कन्काई नगरपालिका मेयर राजेन्द्रकुमार पोखरेल र बैंकको संचालक समितिकी सदस्य शारदा शर्मा पुडासैनीले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन। कार्यक्रममा बैंककी नायव प्रमुख कार्यकारी अधिकृतमा आशा राणा लगायतकाको उपस्थिति रहेको थियो।
हालसम्म बैंकले वटा १२५ भन्दा बढी शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा एटिएम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको जनाएको छ ।