सिभिल बैंक लिमिटेडले आगामी पुस ६ मा साधारण सभा गर्ने भएको छ । उक्त साधारण सभाले ६।५७ प्रतिशत नगद लाभांश पारित गर्ने बैंकले जनाएको छ।
यस्तै बैंकको विशेष प्रस्तावका रुपमा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्तिगर्ने र सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने जानकारी दिएको छ।
साधारण सभा तथा नगद लाभांश वितरण प्रयोजनको लागि बैंकले मंसिर २३ गतेदेखि सभा सम्पन्न नभएसम्मका लागि शेयरधनी दर्ता किताब बन्द प्रष्ट पारेको छ।
त्यसैले मंसिर २२ गतेसम्म कायम भएका शेयर धनीले साधारण सभामा भाग लिन र नगद लाभांश प्राप्त गर्नसक्ने छन् ।
बैंकको साधारण सभा अमृतभोग, कालिकास्थान डिल्लीबजारमा बिहान ११ बजे सुरु हुनेछ।