विदेशमा काम गर्न गएका नेपालीहरुले पठाउने रकम(रेमिट्यान्स) घट्न थालेको छ। पछिल्लो समय विदेश जाने कामदारहरुको संख्या न्यून हुँदै गएपछि उनीहरुले पठाउने रकम पनि घट्न थालेको हो।
चालु वर्षको पहिलो महिना झिनो बृद्धि देखिएको रेमिट्यान्स भदौदेखि घट्न थालेको हो। भदौमा अघिल्लो वर्षको तुलनामा १ प्रतिशतले घटेको रेमिट्यान्स असोजमा ४.५ प्रतिशतले घटेको छ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार साउनदेखि असोजसम्म ३ अर्ब ३० अर्ब २४ करोड रेमिट्यान्स नेपाल आएको छ। अघिल्लो वर्षको यही अवधिमा ३७ प्रतिशतले बढेको थियो।
भदौ र असोजमै रेमिट्यान्स घट्नुलाई स्वभाविक मानिदैन। प्रायजसो नेपालमा ठूला चाडवर्प नै यही समयमा परेकाले रेमिट्यान्स घट्नुलाई गम्भिर रुपमा लिनुपर्ने अवस्था आएको छ। दसै तथा तिहारमा नेपालीहरुले विदेशबाट धेरै पैसा पठाउनाले यो समयमा बढ्ने गर्छ। तर यो वर्ष भने घटेको छ।
भूकम्पपछि वैदेशिक रोजगरिमा जाने कामदारहरुको संख्यामा गिरावट आइरहेको छ। त्यसैको परिणामस्वरुप रेमिट्यान्स घट्न थालेको हो।