विश्व बाल दिवसको अवसरमा नेपाल बंगलादेश बैंकले बुधबार नविकरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ ओटा ब्ल्याङ्केट प्रदान गरेको छ।
अनाथालयमा रहेका अनाथ तथा असहाय बालबालिकालाई बसोबासको सहजताका लागि ब्ल्याङ्केट प्रादन गरेको हो।
बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंहले सहायोग सामग्री हस्तान्तरण गरेका थिए।
सो अवसरमा संस्थाकी अध्यक्ष्य सावित्री पोखरेलले बालबालिकाको अध्ययनमा उक्त सहयोगले केही राहत पुग्ने विश्वास व्यक्त गरे।