सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटबीच बैंकका ग्राहकलाई हस्पिटलको सेवा शुल्कमा छुट दिनेसम्बन्धि सम्झौता भएको छ।
यस सम्झौतापछि सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकले हस्पिटलमा उपचार गराउँदा छुट पाउने भएका छन्।
यस्तो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।
सिटिजन्स बैंकको देशैभरी ८५ वटा शाखा, ८२ वटा ए.टि.एम. र १०२ वटा शाखारहित बैंकिङ एकाईबाट सेवा दिदैं आएको छ।