नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ०.२४ अंकले ओरालो लागेर १ हजार १ सय ३१.१२ अंक कायम भएको छ।
आज १ सय ६० कम्पनीको ११ लाख ८८ हजार कित्ता सेयर ४ हजार ९ सय ५७ पटक किनबेच हुँदा ३५ करोड ६८ लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
सोमबारको कारोबारमा व्यापार समूह ३१.८३, जीवन बीमा २९.२७, निर्जीवन बीमा १८.५१ अंकले बढ्यो। यस्तै, बैंकिङ ०.१, होटल २.१३, विकास बैंक ०.०८, फाइनान्स २.३९ र माइक्रोफाइनान्स ०.५३ अंकले बढ्यो भने बाँकी सबै समूहको उपसूचक घटेको छ।
सबैभन्दा बढी उत्पादन समूहको उपसूचक ३८.९१ र जलविद्युत कम्पनीको ५.८९ अंकले घट्यो।
कारोबार भएको रकमका आधारमा नेपाल बैंक लिमिटेड पहिलो स्थानमा छ। नेपाल बैंकको २ लाख ६० हजार ६ सय ४४ कित्ता शेयर किनबेचबाट ८ करोड ३९ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
सबैभन्दा बढी कमाउनेमा साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ता छन्। सबैभन्दा धेरै गुमाउनेमा युनिर्भसल पावर कम्पनीका लगानीकर्ता छन्।