नेपाल बैंकको ‘१० प्रतिशत एनबिएल डिबेन्चर २०८३’ निष्काशन सम्झौता भएको छ।
दुई अर्ब ५० करोड बराबरको डिबेन्चर १० प्रतिशत ब्याजसहित सात वर्षको लागि निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिएको हो।
कूल २५ लाख कित्ता डिबेन्चरमध्ये १५ लाख कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र १ लाख कित्ता डिबेन्चर सर्वसाधारणमा निष्काशन गरिनेछ।
उक्त कार्यको लागि नेपाल बैंकतर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठकाबीचमा डिबेन्चर शेयर निष्काशन गर्ने सम्झौता गरिएको छ।