शिखर इन्स्योरेन्सले पहिलो त्रैमासमा १२ करोड १४ लाख १५ हजार रुपैयाँ नाफा कमाएको छ। चालू आर्थिक वर्षको पहिलो तीन महिनामा इन्स्योरेन्स कम्पनीले गत वर्षको तुलनामा १४.८५ प्रतिशत नाफा कमाएको हो।
गत वर्षको सोही अवधीमा कम्पनीले १० करोड ५७ लाख १४ हजार रुपैयाँ नाफा कमाएको थियो।
पहिलो तीन महिनामा इन्स्योरेन्सले ४५ करोड ८३ लाख रुपैयाँ खुद विमा शूल्क आर्जन गर्यो।
यो गत वर्षको तुलनामा ३ लाख ५६ हजारले बढी हो।
इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा पुनर्विमा कमिशनबाट १२ करोड ८७ लाख रुपैंया र लगानी कर्जा तथा अन्य आयबाट ५ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको छ।
यस अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४५.९ रुपैयाँ छ।
यस्तै, प्रतिशेयर नेटवर्थ २६१.६ रुपैयाँ छ र मूल्य आम्दानी अनुपात १५.७८ गुणा छ।
चूक्ता पूँजी एक अर्ब पाँच करोड ७३ लाख १० हजार रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ५१ करोड ७७ लाख रुपैयाँ, विमा कोषमा एक अर्ब १८ करोड रुपैयाँ, महाविपत्ती कोषमा ७ करोड ३३ लाख रुपैयाँ संचित छ।