बुधबार (आज) आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीति सार्वजनिक हुने भएको छ । बेलुका ४ बजे होटल र्याडिसनमा मौद्रिक नीति सार्वजनिक गरिने नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए ।
असारको अन्तिम साता आउने भनिएको मौद्रिक नीति १० दिन ढिलो गरि आउन लागेको हो । गभर्नर चिरन्जिवी नेपालको अन्तिम मौद्रिक नीति हो । नेपालको कार्यकाल यहि वर्ष सकिदै छ ।
चालु वर्षको मौद्रिक नीतिमा सबैको ध्यान राष्ट्र बैंकले ल्याउने मर्जर नीतिमा छ । केही हप्ता अघि गभर्नर नेपालले सबै बैंकका संचालन तथा सिइओलाई बोलाए मर्जरको प्रतिवद्धता जनाउन भन्दै एक हप्ताको समय दिएका थिए ।
त्यसले गर्दा पनि मर्जरको चर्चा बढी भयो ।
बाध्यकारी मर्जर नीति लिने चर्चा चलेपनि राष्ट्र बैंक भने पछिल्लो समय बैंकलाई प्रोत्साहन गरेर मर्जरमा लैजाने रणनीतिमा लागेको जानकारहरु बताउछन् ।