नेपाल स्टक एक्चेन्ज (नेप्से) मा सामान्य सुधार देखिएको छ । गत साताको अन्तिम दिनदेखि लगातार ओरालो लागिरहेको नेप्से सोमबार २.४८ अंकले उकालो लागेको हो । यस्तै ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक पनि ०.१९ अंकले बढेर २ सय ७३ अंकमा पुगेको छ ।
नेप्सेमा सुधार देखिए पनि कारोबार रकममा भने उत्साह देखिएको छैन । १ सय ६६ कम्पनीको १० लाख ८४ हजार कित्ता शेयर किनबेच हुदाँ ३१ करोड ६६ लाखको मात्रै कारोबार भएको छ ।
आज सबैभन्दा बढी नेपाल लाईफ इन्सुरेन्सको कारोबार भएको छ । नेपाल लाईफको २ करोड ३६ लाखको कारोबार भयो । त्यसपछि सबैभन्दा बढी कारोबार हुनेमा सिभिल बैंक छ । उसको १ कारोड ७८ लाखको शेयर कारोबार भयो ।
नेप्से बढेसँगै उपसूचकमा पनि हरियाली छाएको छ । आज निर्जीवन बीमा २१.८३, जीवन बीमा ६.४ र म्युच्युअल फन्ड ०.१९ अंकले घट्यो भने बाँकी सबै उपसूचक उकालो लाग्यो ।
आज सबैभन्दा बढी १७.०९ अंकले होटल समूहको नेप्से बढ्यो ।
मंगलबार एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाए भने माहुली सामुदायीक लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।