ग्लोबल आइएमई बैंकले आन्तरिक राजश्व कार्यालय, महेन्द्रनगरमा एक्सटेन्सन काउण्टर सुरु गरेको छ।
आन्तरिक राजश्व कार्यालय, महेन्द्रनगरका प्रमुख कर अधिकृत लेखनाथ शर्मा (पंगेनी)ले काउण्टरको उद्घाटन गरे। बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै एक्सटेन्सन काउण्टर सुरु गरेको बताएको छ।
महेन्द्रनगरमा एक्सटेन्सन काउण्टरको उद्घाटनसँगै बैंकको एक्सटेन्सन काउण्टरको संख्या २९ पुगेको छ । बैंकले देसभरि १३८ शाखा, १४७ एटिएम, २९ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर र १६८ शाखा रहित बैंकिङ्ग सेवामार्फत बैंकिङ कारोबार गर्दैआएको छ।