ग्लोबल आइएमई बैंकले आवधिक कृषि कर्जा लगानी सम्बन्धी सम्झौता गरेको छ।
सरल तथा सुलभ कृषि कर्जा प्रवाह गर्ने उद्देश्यले तरकारी तथा फलफूल व्यवसायीहरुसँग सम्झौता गरेको बैंकको भनाइ छ।
यस सम्झौताबाट नेपाल फलफूल थोक व्यवसायी संघ र तरकारी फलफूल थोक बजार व्यवसायीक संस्थामा आबद्घ करिब ७०० फलफूल तथा तरकारी व्यवसायीहरु लाभान्वित हुने बैंकको भनाइ छ।
सम्झौतामा बैंकका सहायक महाप्रबन्धक सुरेन्द्रराज रेग्मी, नेपाल फलफूल थोक व्यवसायी संघका अमर बानियाँ तथा तरकारी फलपूmल थोक बजार व्यवसायिक संस्थाका भरतप्रसाद खतिवडाले हस्ताक्षर गरे।
बैंकले कृषि व्यवसाय तथा पेशामा संलग्न रहेका व्यक्तिहरुलाई सहयोग गर्ने उद्देश्यले विगतदेखि नै कृषि कर्जा प्रवाह गर्दै आइरहेको छ ।