सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यवसायिक परामर्श सेवा सम्बन्धी सम्झौता भएको छ।
सम्झौतापत्रमा बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र उपाय सर्भिसेजका अध्यक्ष सुमन रायमाझीले हस्ताक्षर गरे।
सम्झौता अनुसार यस बैंकका ग्राहकले नयाँ व्यवसायको योजना, उद्योगसँग सम्बन्धित सेवा, कर तथा लेखा सम्बन्धि अन्य सेवाहरु कम्पनीबाट सहज तथा सरल रुपमा लिनसक्नेछन्।