माछापुच्छ्रे बैंकले गत आर्थिक बर्षमा १ अर्ब ७० करोड खुद नाफा कमाएको छ।
यो अघिल्लो वर्षको तुलनामा ३६.३२ प्रतिशत बढी हो। आर्थिक वर्ष २०७४÷७५ मा बैंकल १ अर्ब २४ करोड नाफा गरेको थियो । यसमा वितरण योग्य नाफा भने १ अर्ब ३२ करोड छ ।
अहिले बैंकको चुक्ता पुँजी ८ अर्ब ५ करोड रहेको छ । ८५ अर्ब १९ करोड निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी ७५ अर्ब २९ करोड रहेको छ।
यस अवधिमा बैंकको जगेडा कोष १ अर्ब ४५ करोड रहेको छ । अघिल्लो वर्ष ०.४४ प्रतिशत रहेको निस्क्रिय कर्जा भने घटाएर ०.३७ प्रतिशत कायम गरेको छ।
त्यस्तै बैंकको मूल्य आम्दानी अनुपात १२.४८ गुणा, प्रतिशेयर नेट वर्थ १३९.५८ रुपैयाँ, प्रति शेयर आम्दानी २१.१५ रुपैयाँ, आधार ब्याजदर १०.३७ प्रतिशत , कोषको लागत ७.८८, स्प्रेड रेट ४.२७ रहेको र सिसिडी रेसियो ७६.९८ प्रतिशत रहेको छ ।