एनआईसी एशिया बैंक र मेघा हस्पिटलबीच सम्झौता भएको छ।
सम्झौता अनुसार बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकलाई हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशत र फार्मेसीमा १० प्रतिशत सम्मको छुट प्रदान गरिने छ।
उक्त सम्झौतापत्रमा बैंकका डिजिटल विजनेश विभागका इन्चार्ज रौनक करवा र मेघा हस्पिटलका अध्यक्ष किशोरजंग राणाले हस्ताक्षर गरे।
बैंकले देसभरि २९२ शाखा, ३०२ एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग कारोबार गर्दै आएको छ।