हिमाल दोलखा हाइड्रोपावरले ७६ करोड ७२ लाख रुपैयाँ बराबरको आइपिओ खुल्ला गरेको छ।
आइपिओ असार २५ देखि सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको हो । कम्पनीले आयोजना प्रभावितलाई बिक्री गर्न खोज्दा बिक्री नभएको १४ लाख ७२ हजार कित्तासहित ७६ लाख ७२ हजार कित्ता शेयर सर्बसाधारणका लागि खुल्ला गरेको हो ।
७४ लाख ९३ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न सक्ने कम्पनीले बताएको छ। बाँकी, १ लाख ५३ हजार कित्ता कर्मचारीहरूलाई र २५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूको लागि सुरक्षित गरिएको छ।
कम्पनीले न्यूनतम १० कित्तादेखि १ लागद कित्ता सम्मका लागि पाइने बताएको छ । बिक्री प्रवन्धकको जिम्मा ग्लोबल आईएमईले पाएको छ। आइपीओ खरिदको लागि आवेदन दिन चाहाने लगानीकर्ताले सिआश्वामार्फत असार २९ गतेसम्म आवेदन दिन सक्नेछन । तोकिएको समयसम्म आवस्यक आवेदन नपरे लगानीकर्ताले साउन २४ गतेसम्म आवेदन गर्न पाउने ब्यवस्था कम्पनीले गरेको छ।
कम्पनीले जेठ १४ मा पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयको लागि १६ करोड रूपैयाँ बराबरको १६ लाख कित्ताआईपीओ बिक्री गरेको थियो। जसमा १ करोड २७ लाख रूपैयाँ बराबरको १ लाख २७ हजार कित्ता शेयरमात्र बिक्री भएको थियो। सो शेयर कम्पनीले आयोजना प्रभावितमा बाँडफाँड गरिसकेको छ।
चूक्ता पुँजी १ अर्ब ६९ करोड रूपैयाँ रहेको कम्पनीले आइपिओ बिक्रीपछि २ अर्ब ४७ करोड पुग्नेछ।