नबिल बैंकले ‘बर्नस् भायोलेन्स् सरभाईभरस् नेपाल’ (बिभिएस नेपाल)लाई १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
सो रकम आगलागीबाट पीडित बिरामीहरुको खाना, उपचार, परामर्श तथा फिजियोथेरेपीका निम्ति प्रयोग गरिने बैंकको भनाइ छ।
बर्नस् भायोलेन्स् सरभाईभरस् नेपाल आगलागीबाट हुने हिंसा,दुर्घटनाका बिरामीका लागि काम गर्ने संस्था हो। यसले ५१० भन्दा बढी आगलागीबाट पीडित बिरामीहरुलाई चिकित्सा, सर्जिकल र पुनस्र्थापनामा सहयोग उपलब्ध गराएको छ ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले संस्थालाई रकम हस्तान्तरण गरे।