स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका शेयरधनी महिला सहकारी संस्थाको ३ लाख ७७ हजार ४५७ कित्ता संस्थापक शेयर बिक्री खुल्ला गरेको छ।
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सहकारीले आफ्नो नामको शेयर बोलपत्रमार्फत बिक्री गर्ने भएको हो । सहकारीले ६.०१ प्रतिशतको शेयर हिस्सा बिक्री गर्न लागेको हो ।
न्यूनतम ३ सय मूल्य तोकिएको शेयर खरिदका लागि संस्थापक शेयरधनी तथा अन्य लगानीकर्तालाई बोलपत्र आह्वान गरिएको छ। इच्छुक लगानीकर्ताले आसर ३१ देखि साउन २९ सम्ममा शिलबन्दी बोलपत्र आह्वान गरेको छ।
न्यूनतम १०० देखि अधिकतम सबै कित्ताको लागि बोलपत्र आवेदनको खुल्ला गरेको कम्पनीले बताएको छ । तर, हाल कायम शेयरधनीहरुको हकमा नेपाल राष्ट्र बैंकले निर्देशन गरेको अधिकतम सीमा नाघ्ने गरि आवदेन दिन नपाइने कम्पनीले बताएको छ।
संस्थापक शेयरधनी हुन चाहने लगानीकर्ताले कालो सूचीमा नरहेको, कर चुक्ता प्रमाणपत्र, आयस्रोतको विवरण खुलाउनु पर्ने हुन्छ। यसका साथै आवेदकले बहालवाला कर्मचारी नरहेको, ऋणी नरहेको, बहालवाला लेखापरिक्षक नरहेको, संञ्चालक नरहेको, सल्लाहकार नरहेको, यस वित्तीय संस्थासँग कुनै किसिमको ठेक्कापट्टामा नरहेको र यस वित्तीय संस्थासँग निजी स्वार्थ रहेको व्यक्ती फर्म कम्पनी नरहेको स्वघोषणा गर्नु पर्ने हुन्छ।