२० असारदेखि खुल्ला भएको घोडीघोडा लघुवित्त वित्तीय कम्पनीको शेयर मंलगबाट (आज)देखि बन्द हुँदैछ।
लघुवित्तको शेयरमा आवेदन दिन चाहाने लगानीकर्ताले आज कार्यालय समय भित्रै आवेदन गरिसक्नुपर्नेछ । लगानी गर्न चाहाने लगानीकर्ताले धितोपत्र बोर्डबाट सिआश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण कार्यालय तथा मेरो शेयरबाट समेत आवेदन दिन सकिने कम्पनीले बताएको थियो ।
अन्तिम दिन बाँकि हुँदै कम्पनीमा भने ३० गुणा बढी शेयर आवेदन परिसकेका छन्। सोमबारसम्म २ लाखभन्दा बढी शेयर आवेदकले ३७ लाख ५२ हजार कित्ताको लागि आवेदन परिसकेको लघुवित्तको विक्री प्रबन्धक प्रभु क्यापिटलले बताएको छ ।
कम्पनीले जारी पुँजीको ४८ प्रतिशत प्राथमिक शेयर निष्काशन गरेको हो । प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा एक करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको एक लाख ३२ हजार ६०० कित्ता शेयर कम्पनीले बिक्री खुल्ला गरेको थियो।
खुल्ला गरेकामध्ये एक लाख २४ हजार ५९० कित्तामा मात्रै सर्वसाधारणले आवेदन दिन पाउने छन् । बाँकी एक हजार ३८० कित्ता कर्मचारीलाई तथा ६ हजार ६३० कित्ता सामूहिक लगानी कोषहरु छुट्याएको थियो ।
अधिकृत पुँजी १० करोड, जारी पुँजी २ करोड १२ लाख ५० हजार रहेको घोडीघोडाको चुक्ता पुँजी एक करोड १० लाख ५० हजार रुपैयाँ रहेको छ ।