ग्लोबल आइएमई बैंक र एनएलजी इन्स्योरेन्स कम्पनीबीच संस्थागत अभिकर्ता सम्बन्धि सम्झौता भएको छ।
सम्झौता अनुसार बैंकका १३७ वटै शाखामार्फत एनएलजीमका निर्जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ।
सम्झौतापत्रमा मंगलबार ग्लोबल आईएमई बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभपन्तले हस्ताक्षर गरे।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत बैंकिङ कारोबार गर्दैआएको छ।
बैंकका १३७ वटा शाखा, २६ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४४ एटिएम, १६० शाखारहित बैकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय छन्।