नेपाल स्टक एक्चेन्ज (नेप्से)मा मंगलबार ०.९६ प्रतिशतले सामान्य सुधार हुदैँ १२६१.०७ अंकमा पुगेर बन्द भएको छ।
यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक पनि ०.४० अंकले बढेर २७१.४४ अंकमा पुग्यो । जम्मा १७४ कम्पनीको १३ लाख २४ हजार ५ सय १९ कित्ता सेयर किनबेच हुदाँ मंगलबार ३६ करोड ४७ लाख ७३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो।
आज उपसूचकहरु भने मिश्रित रहे । दिनभरिको कारोबारमा सबैभन्दा बढी उत्पादन उपसमूहको १९.९५ अंकले बढेको छ। यस्तै, बैंकिङ १.३९, जलविद्युत १.०२, निर्जीवन बीमा ५.३१ अंकले बढ्यो भने, माइक्रोफाइनान्स र जीवन बिमा २.२३ र ०.३ अंकले सुधार भएको छ।
मंगलबार टे«डिङ २.६२, विकास बैंक ०.५२, फाइनान्स ०.७, म्युचुअल फण्ड ०.०२ र अन्य उपसमूह १.४ अंकले ओरालो लागेको छ । आज सबैभन्दा बढी होटल समूहको उपसूचक २१.२५ अंकले घटेको छ ।
दिनभरिको कारोबारमा सबैभन्दा बढी सेयरको किनबेच नेपाल क्रेडिट एन्ड कमर्स बैंकको भएको छ । उसको २ करोड ५३ लाख ८४ हजारको कारोबार हुदाँ प्रभु बैंकको २ करोड २८ हजार ८२ लाखको सेयर किनबेच भयो ।