सांग्रिला डेभलपमेन्ट बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोधबार सम्बन्धी सम्झौता भएको छ।
सम्झौतापत्रमा बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र भाटभटेनी मनी ट्रान्सफरका प्रबन्ध निर्देशक राजनकुमार अमात्यले हस्ताक्षर गरे।
सम्झौताअनुसार स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफरमार्फत पठाएको रकम सांग्रिला बैंकको देशैभरी रहेका शाखा कार्यालयहरुबाट सहज तथा सरल रुपमा प्राप्त गर्न सकिने छ।
बैंकका देसभरिका सबै (८५) शाखाबाट यो सुविधा लिनसकिने छ।