हप्ताको पहिलो दिन आइतबार १२ सय ६९ अंकबाट शुरु भएको सेयरको कारोबार अन्तिम दिन ५.२ अंकले घटेर १२ सय ६४ अंकमा पुगेर बन्द भएको छ । यो साता १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आइतबार ११ अंकले घटेर शुरु भएको बजार सोमबार २ अंकको सामान्य सुधार भएपनि मंगलबार र बुधबार क्रमश ओरालो लागेको थियो । साताको अन्तिम दिन बिहीबार भने ६ अंक सुधार हुदै नेप्से १२ सय ६४ अंकमा पुगेर बन्द भयो ।
सेयर परिसुचकसँगै आज कारोबार रकम पनि बढेको छ । आइतबार ४७ करोड २५ लाखको कारोबार भएकोमा त्यसपछि कारोबार रकम क्रमश घट्दै सोमबार ४० करोड, मंगलबार ३५ कारोड र बुधबार ३० करोडमा खुम्चिएको थियो । बिहीबार भने ३७ करोड ५३ लाखको कारोबार भएको छ ।
‘क’ वर्गका बैंकको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि बिहिबार १.८ अंकले सुधार हुँदै २ सय ७१ अंकमा पुगेको छ । जम्मा १ सय ७१ कम्पनीको कारोबार भएको बिहीबार १३ लख ७५ हजार ५ सय ४१ कित्ता सेयरको कारोबार भयो ।
आज उपसुचक भने मिश्रित देखिएका छन् । बैंकिङ, होटल, विकास बैंक र जलविद्युतको सुचक क्रमश ६.९, ८.४४, ५.०१ र ७.०४ अंकले बढेको छ । यस्तै, माइक्रोफाइनान्स सबैभन्दा बढी १३.६८ अंकले बढ्यो भने, जीवन विमा ३.५८ र म्युचुअल फन्ड ०.०२ अंकले बढ्यो। अन्य उपसुचक पनि ४.२६ अंकले उकालो चढेको छ । तर फाइनान्स ०.३९, निर्जीवन विमा ७.६६ तथा सबैभन्दा बढी उत्पादन उपसमूह १२.८८ अंकले ओरालो लागेको छ ।
बिहीबार शिबम् सिमेन्ट लिमिटेडको सेयर सबैभन्दा बढी कारोबार भयो । शिबम् सिमेन्टको ३ करोड १ लाख ३६ हजारको सेयर कारोबार भयो भने दोस्रोमा नेपाल क्रेडिट एन्ड कमर्स बैंकको २ करोड ६१ लाख ४४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो ।